प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टोन पिटर्सको शिष्टाचार भेटघाट भयो। भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भयो।
- कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भयो, साथै नेपालको विकास प्रयासको प्रशंसा गरियो।
- प्रधानमन्त्रीले सरकारको प्राथमिकता र उपप्रधानमन्त्री पिटर्सले साना मुलुकहरूको साझा हितको विषयमा जोड दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरूबिच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराएको उनको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरूको साझा हितका विषयमा सहकार्य गर्न जोड दिएका छन् ।
भेटमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए । सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबिचको सम्बन्ध नजिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण