प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टोन पिटर्सको शिष्टाचार भेटघाट भयो। भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भयो।
- कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भयो, साथै नेपालको विकास प्रयासको प्रशंसा गरियो।
- प्रधानमन्त्रीले सरकारको प्राथमिकता र उपप्रधानमन्त्री पिटर्सले साना मुलुकहरूको साझा हितको विषयमा जोड दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरूबिच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराएको उनको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरूको साझा हितका विषयमा सहकार्य गर्न जोड दिएका छन् ।
भेटमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए । सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबिचको सम्बन्ध नजिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्