राप्रपाको प्रदर्शनबारे गृहमन्त्री भन्छन्– ‘लोकतन्त्र फाल्नेलाई सहन सकिँदैन’
बुधबार, १४ जेठ २०८२, १८ : ०१
१

समाचार सारांश
- गृहमन्त्री रमेश लेखकले राप्रपाको प्रदर्शन व्यवस्था उल्टाउने उद्देश्यले गरिएको बताए। उनले व्यवस्था उल्टाउने कुरा सह्य नहुने बताए।
- लेखकले भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको जानकारी दिए। लोकतन्त्र फाल्ने विषय सहन नसकिने बताए।
- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लेखकले गणतन्त्र दिवसलाई सङ्गीत महोत्सवको रूपमा मनाउन आग्रह गरेको बताए।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बिहीबार राप्रपाले गर्न लागेको प्रदर्शन व्यवस्था उल्टाउने उद्देश्यले गरिएको भन्दै ‘सह्य’ नहुने बताएका छन् । बुधवार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘यो व्यवस्थालाई उल्ट्याउने कुरा कुनै हालतमा सह्य हुँदैन ।’
लोकतन्त्र फाल्ने विषय सहन नसकिने उल्लेख गर्दै लेखकले भने– ‘भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौँ उपत्यका नेकपा (एमाले) को कब्जामा राख्नुपर्ने भनेर दिएको अभिव्यक्तिबारे पत्रकारले सोधको प्रश्नमा उनले भने, ‘उहाँले गणतन्त्र दिवस सङ्गीत महोत्सवको रूपमा उत्साहको साथ मनाउ भन्नुभएको हो ।’
‘उहाँ (पिएम)ले सङ्गीतको नियन्त्रण भन्नुभएको हो’ उनले भने, ‘उपत्यका सङ्गीतमय हुन्छ भन्ने अर्थमा मैले लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्