राप्रपाको प्रदर्शनबारे गृहमन्त्री भन्छन्– ‘लोकतन्त्र फाल्नेलाई सहन सकिँदैन’
बुधबार, १४ जेठ २०८२, १८ : ०१
१
सारांश
- गृहमन्त्री रमेश लेखकले राप्रपाको प्रदर्शन व्यवस्था उल्टाउने उद्देश्यले गरिएको बताए। उनले व्यवस्था उल्टाउने कुरा सह्य नहुने बताए।
- लेखकले भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको जानकारी दिए। लोकतन्त्र फाल्ने विषय सहन नसकिने बताए।
- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लेखकले गणतन्त्र दिवसलाई सङ्गीत महोत्सवको रूपमा मनाउन आग्रह गरेको बताए।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बिहीबार राप्रपाले गर्न लागेको प्रदर्शन व्यवस्था उल्टाउने उद्देश्यले गरिएको भन्दै ‘सह्य’ नहुने बताएका छन् । बुधवार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘यो व्यवस्थालाई उल्ट्याउने कुरा कुनै हालतमा सह्य हुँदैन ।’
लोकतन्त्र फाल्ने विषय सहन नसकिने उल्लेख गर्दै लेखकले भने– ‘भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौँ उपत्यका नेकपा (एमाले) को कब्जामा राख्नुपर्ने भनेर दिएको अभिव्यक्तिबारे पत्रकारले सोधको प्रश्नमा उनले भने, ‘उहाँले गणतन्त्र दिवस सङ्गीत महोत्सवको रूपमा उत्साहको साथ मनाउ भन्नुभएको हो ।’
‘उहाँ (पिएम)ले सङ्गीतको नियन्त्रण भन्नुभएको हो’ उनले भने, ‘उपत्यका सङ्गीतमय हुन्छ भन्ने अर्थमा मैले लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण