विपक्षीले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने

समाचार सारांश
- विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र बजेट टेबुलका लागि मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन्।
- भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन र गृहमन्त्रीको राजीनामाको माग छ।
- विपक्षी दलको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन, गृहमन्त्रीले आरोप अस्वीकार गरे।
काठमाडौँ । विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताए । त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताए ।
विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए । विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
गृहमन्त्री लेखकले बुधबार पत्रकार सम्मेलन गरेर भिजिट भिसा सेटिङ प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टीकरण दिएका थिए ।