विपक्षीले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने
सारांश
- विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र बजेट टेबुलका लागि मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन्।
- भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन र गृहमन्त्रीको राजीनामाको माग छ।
- विपक्षी दलको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन, गृहमन्त्रीले आरोप अस्वीकार गरे।
काठमाडौँ । विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताए । त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताए ।
विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए । विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
गृहमन्त्री लेखकले बुधबार पत्रकार सम्मेलन गरेर भिजिट भिसा सेटिङ प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टीकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण