राष्ट्रिय योजना आयोगको बैठक : तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ।
- बैठकले आर्थिक वर्ष २०८२/०८३–२०८४/०८५ को त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम स्वीकृत गर्यो।
- आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिको आधारमा आय र व्ययको अनुमान तयार गर्ने निर्णय गरियो, जसले बजेट तर्जुमालाई व्यवस्थित गर्नेछ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२/०८३–२०८४/०८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो ।
सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक आय र व्ययको विवरण समाहित हुनेछ । बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाको आधारमा आय र व्ययको अनुमान तयार हुनु अगावै अन्तिम रुप दिइ अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।
आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको प्रस्तुति गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने कााम भइरहेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
दिव्या भारती : १९ वर्षको उमेरमा बलिउडको शिखर चुम्ने अभिनेत्री
-
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
-
टूथब्रसले खोल्यो श्रीमानले धोका दिइरहेको पोल
-
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
-
स्वस्थ मानिसलाई गम्भीर रोग लागेको भन्दै महँगो उपचार गराउने डाक्टरलाई जेल सजाय