ज्यान मार्ने धम्कीबिच बाल्यकालको क्लबमा फर्कँदै डी मारिया
सारांश
- एन्जेल डी मारिया आफ्नो बाल्यकालको क्लब रोजारियो सेन्ट्रलमा फर्किने भएका छन्। उनलाई र उनको परिवारलाई धम्की आएका कारण पहिले योजना स्थगित भएको थियो।
- डी मारियाले सन् २००५ मा रोजारियोबाट करियर सुरु गरेका थिए र युरोपमा विभिन्न क्लबबाट खेले। उनले ३० वटा उपाधि जितेका छन्।
- डी मारिया आगामी महिनामा अमेरिकामा हुने क्लब विश्वकप अभियानपछि बेन्फिका छोड्नेछन्।
रोजारियो । बेन्फिकाका विङ्गर एञ्जेल डी मारिया आफ्नो बाल्यकालको क्लब रोजारियो सेन्ट्रल फर्किने भएका छन् । १० महिनाअघि उनी र उनको परिवारलाई दिइएको ज्यान मार्ने धम्कीका कारण उनले यही क्लबमा फर्कने योजना स्थगित गरेका थिए।
३७ वर्षीय डी मारियाले सन् २००५ मा आफ्नो करियर रोजारियोबाट सुरु गरेका थिए । अर्जेन्टिनाको शीर्ष डिभिजन क्लबले बिहीबार उनको पुनरागमन घोषणा गर्यो। ‘हाम्रो कथाका अझ धेरै पानाहरु लेख्न बाँकी छन्। घरमा स्वागत छ,’ क्लबले एक्समा पोस्ट गरेको एक भिडियोसँगै भनेको छ।
सन् २०२२ को विश्वकप विजेता डी मारियाले युरोपमा जानुअघि दुई सिजन रोजारियोमा खेलेका थिए। त्यसपछि उनले बेन्फिका, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट-जर्मेन र युभेन्टसका लागि ७०० भन्दा बढी खेल खेले।
उनी गत वर्ष फ्री एजेन्टका रूपमा रोजारियो फर्कने नजिक थिए, तर त्यस क्षेत्रमा बढ्दो लागूपदार्थसम्बन्धी हिंसा र उनलाई र उनको परिवारलाई दिइएका धम्कीका कारण योजनामा ब्रेक लागेको थियो।
डी मारियाले युरोपमा ३० उपाधि जितेका छन् जसमा तीन देशमा लिग, सन् २०१३–१४ मा रियल मड्रिडसँग च्याम्पियन्स लिग उपाधि छन् । साथै अर्जेन्टिनासँग उनले विश्वकप र दुई कोपा अमेरिका उपाधि पनि समावेश छन्।
उनी सन् २०२३ मा दोस्रोपटक बेन्फिका फर्किएका थिए । आगामी महिनामा अमेरिकामा हुने क्लब विश्वकप अभियानपछि क्लब छोड्ने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण