अनेरास्ववियुलाई एमालेको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू

काठमाडौँ । नेकपा एमालेले भ्रातृ संगठन अनेरास्ववियुको यही महिना हुने महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले जेठ १४ गते जारी गरेको परिपत्र अनुसार यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँको कीर्तिपुरमा हुने अनेरास्ववियुको २४ औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद कायम गर्न भनिएको छ ।
एमाले केन्द्रीय सचिवालयको ५२ औँ बैठकको निर्णयअनुसार अनेरास्ववियुमा उमेर हदको निर्णय भएको र सोही अनुसार व्यवस्था मिलाउन निर्देशन दिइएको छ । एमाले जनसंगठन संयन्त्रका संयोजकलाई बोधार्थसहित महासचिव पोखरेलले पठाएको परिपत्रमा सम्पन्न हुन गइरहेको अनेरास्ववियको महाधिवेशनमा ३२ वर्ष उमेर हद नकटेका प्रतिनिधि मात्र विधानको व्यवस्थाअनुसार पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउन भनिएको छ ।
‘अनेरास्ववियुको चौबिसौँ महाधिवेशनमा ३२ वर्ष उमेर हद कायम गर्ने । यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने’, महासचिव पोखरेलले जारी गरेको परिपत्रमा भनिएको छ । साथै यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्ने पनि उल्लेख छ । ‘यससम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीहरूमा लागु हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउने’, परिपत्रमा भनिएको छ ।
अनेरास्ववियुले यसअघि स्ववियु निर्वाचन प्रयोजनका लागि २८ वर्षको उमेर हद कायम गर्दै कार्यान्वयन गरिसकेको छ ।
अन्तिम अवस्थामा आएर पार्टीले अनेरास्ववियुमा उमेर हद लागु गर्ने निर्णय गरेपछि अध्यक्षको दौडमा रहेका केही नेताहरूले भने पार्टीको निर्णयप्रति चित्त दुखाई गरेका छन् । यद्यपि उनीहरूले पार्टीको निर्णय स्विकारेर अघि बढ्नुको विकल्प नहुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारतर्फ अघि बढ्यो राजावादीको र्याली, त्रिचन्द्र अगाडि धकेला धकेल, तस्बिरहरू
-
कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने
-
बाढीले क्षति गरेको कोशी लोकमार्गबारे योगेशले गराए सरकारलाई ध्यानाकर्षण
-
कालोपट्टी : जनआन्दोलनको जुनकिरी- १
-
७२औँ मिस वर्ल्डको ग्रान्ड फिनाले आज
-
राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने