समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
सारांश
- भारतीय क्रिकेटर रिंकु सिंह र सांसद प्रिया सरोज विवाह बन्धनमा बाँधिने भएका छन्। विवाह नोभेम्बर १८ मा वाराणसीमा हुनेछ।
- विवाहअघि, जुन ८ मा टिकोटालो हुनेछ र समारोह वाराणसीको ताज होटलमा आयोजना हुनेछ।
- रिंकु सिंह आईपीएल क्रिकेटर हुन् भने प्रिया सरोज समाजवादी पार्टीबाट लोकसभा सदस्य हुन्।
काठमाडौँ । भारतीय क्रिकेटर रिंकु सिंह सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन् । प्रिया सरोज समाजवादी पार्टीको तर्फबाट लोकसभा सदस्य हुन् । आगामी नोभेम्बर १८ तारिखमा वाराणसीमा क्रिकेटर रिंकु र सांसद प्रिया वैवाहिक बन्धनमा बाँधिने समाचारमा जनाइएको छ ।
त्यसअघि जुन ८ तारिखमा यी दुईबिच टिकोटालो हुने बताइएको छ । वैवाहिक समारोह वाराणसीस्थित होटल ताजमा आयोजना गरिने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । रिंकु सिंहले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।
उनको टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । समाचारमा जनाइए अनुसार, सांसद प्रियाको एक साथीका पिता क्रिकेटर हुन् । साथीको पितामार्फत नै प्रियासले रिंकु सिंहलाई भेटेकी थिइन् ।
त्यसपछि यी दुई एक–अर्काको प्रेममा परेका थिए । विवाह भने परिवारकै सहमतिमा हुन लागेको बताइएको छ । रिंक सिंह भारतीय क्रिकेटका आशालाग्दा खेलाडी हुन् । सन् १९९७ को अक्टोबर १२ तारिखमा अलिगढमा जन्मिएका रिंकु सिंह ब्याटिङ अलराउन्डर हुन् ।
उनका पिता ग्यास एजेन्सीमा सिलिन्डर वितरणको काम गर्थे । सुरुवाती दिनमा रिंकु सिंहले पनि पितासँगै ग्यासको सिलिन्डर वितरणको काम गरेका थिए । उनले भारतको राष्ट्रिय टोलीबाट दुई एकदिवसीय र ३३ वटा टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।
एकदिवसीयमा उनले ५५ रन बनाएका छन् भने एक विकेट पनि लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले पाँच सय ४६ रन बनाएका छन् भने दुई विकेट हात पारेका छन् । जारी आईपीएलमा भने उनले १३ खेलको ११ पालीमा कुल दुई सय ६ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण