राजावादी प्रदर्शन
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
आइतबार, १८ जेठ २०८२, १७ : ५२

समाचार सारांश
- राप्रपाका सांसद दिपक सिंहलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
- उनी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका बेला पक्राउ परेका हुन्।
- राजावादी समूहले काठमाडौँमा गरेको प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो।
काठमाडौँ । राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ उनी पक्राउ परेका हुन्।
दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
राजावादी समूहले बिहिबारदेखि काठमाडौँ प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा उनीहरूले नारायणचौर क्षेत्रमा आइतबार प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग