माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
मङ्गलबार, २० जेठ २०८२, ११ : ४८
काठमाडौँ । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् ।
मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ ।
११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण