प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
सारांश
- सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण बनाउन छलफल गरे।
- विपक्षी दलहरूको बैठक बसिरहेको र धारणाको प्रतीक्षामा सभामुख छन्।
- नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक बसिरहेको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए ।
त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ । त्यो बैठकले के धारणा बनाउँछ भनेर सभामुख सभा सञ्चालनका लागि कुरेर बसिरहेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
‘अहिले विपक्षी दलहरूको बैठक बसिरहेको छ । बैठकले के धारणा तय गर्छ त्यसपछि सभा सञ्चालन गर्ने भनेर बसिरहनु भएको छ,’ अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण