बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

राइड सेयरिङलाई  संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भयो : मन्त्री दाहाल

मङ्गलबार, २० जेठ २०८२, ११ : ३५
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीसँग राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भएको जानकारी दिए ।
  • मन्त्री दाहालले प्रदेशको अधिकार हनन नहुने गरी सम्झौता गरिएको दाबी गरे, तर यातायात व्यवसायीले जनतालाई दुःख दिन नहुने बताए ।
  • सार्वजनिक यातायात व्यवस्थापन विधेयक मार्फत व्यवसायीका माग पूरा गर्ने सहमति भएको र संघीय कानुनले व्यवस्थित गर्ने तयारी भइरहेको छ ।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीसँग राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भएको बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गत मंगलबार पूर्वाधार विकास समितिमा भएको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

'यातायात व्यवसायीको सन्दर्भमा राति एउटा सम्झौता भयो । प्रदेशको अधिकार हनन हुनेखालकाे सम्झौता भयो भन्ने प्रश्न उठेका छन् । तर प्रदेशको अधिकार हनन हुनेखालकाे सम्झौता गरेका छैनौँ', उनले भने । 

सार्वजनिक यातायात व्यवस्था गर्न बनेको विधेयकमार्फत सार्वजनिक यातायात व्यवसायीका माग पूरा गर्ने सम्झौता गरिएको उनको भनाइ थियो । 

'यातायात व्यवसायीलाई पनि के भन्न चाहान्छु भने उहाँहरूले यसरी बन्द गरेर जनतालाई दुख दिनु हुँदैन' उनले भने,' 'यातायात व्यवसायीको यो  गलत कुरा हो । संघीय कानुनले व्यवस्थित गर्नेबारे  गण्डकी प्रदेशलाई प्रधानमन्त्री कार्यालयले पत्राचार गर्ने तयारी हुँदैछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?