राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भयो : मन्त्री दाहाल
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीसँग राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भएको जानकारी दिए ।
- मन्त्री दाहालले प्रदेशको अधिकार हनन नहुने गरी सम्झौता गरिएको दाबी गरे, तर यातायात व्यवसायीले जनतालाई दुःख दिन नहुने बताए ।
- सार्वजनिक यातायात व्यवस्थापन विधेयक मार्फत व्यवसायीका माग पूरा गर्ने सहमति भएको र संघीय कानुनले व्यवस्थित गर्ने तयारी भइरहेको छ ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीसँग राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत मंगलबार पूर्वाधार विकास समितिमा भएको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
'यातायात व्यवसायीको सन्दर्भमा राति एउटा सम्झौता भयो । प्रदेशको अधिकार हनन हुनेखालकाे सम्झौता भयो भन्ने प्रश्न उठेका छन् । तर प्रदेशको अधिकार हनन हुनेखालकाे सम्झौता गरेका छैनौँ', उनले भने ।
सार्वजनिक यातायात व्यवस्था गर्न बनेको विधेयकमार्फत सार्वजनिक यातायात व्यवसायीका माग पूरा गर्ने सम्झौता गरिएको उनको भनाइ थियो ।
'यातायात व्यवसायीलाई पनि के भन्न चाहान्छु भने उहाँहरूले यसरी बन्द गरेर जनतालाई दुख दिनु हुँदैन' उनले भने,' 'यातायात व्यवसायीको यो गलत कुरा हो । संघीय कानुनले व्यवस्थित गर्नेबारे गण्डकी प्रदेशलाई प्रधानमन्त्री कार्यालयले पत्राचार गर्ने तयारी हुँदैछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण