किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
सारांश
- विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित।
- यातायात बन्दका कारण टाढाबाट आउने नेताहरुलाई समस्या भएकोले बैठक स्थगित गरिएको हो।
- निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया र पार्टीको नामबारे निर्णय हुन बाँकी।
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । समसामयिक राजनीति, निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया, उत्पादन नीति लगायत विषयमा निर्णय लिन महासचिव विप्लवले जेठ १८ गते केन्द्रीय समिति बैठक बोलाएकामा बस्न नसकेको हो ।
यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघले अनिश्चितकालीन यातायात बन्द घोषणा गरेकाले टाढाबाट आउने नेताहरूका असुविधाका कारण बैठक स्थगित गरिएको नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढाले जानकारी दिए ।
‘यातायात अनिश्चितकालीन यातायात बन्द हुने घोषणा भएकाले टाढा जिल्लाबाट आउने साथीहरूलाई समस्या हुने भएकाले बैठक स्थगित गरिएको हो । केही दिनको अवस्था हेरेर बैठकबारे जानकारी गराउने खबर आएको छ’, रातोपाटीसँग उनले भने ।
बुढाले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सम्बन्धमा विभिन्न नाम प्रस्ताव भएपनि सहमति नभएको जानकारी दिए ।
उनका अनुसार नेकपा समाजवादी, नेकपा(विप्लव), नेकपा(सी), नेकपा(माओवादी समाजवादी) लगायत नामहरू प्रस्ताव आएका छन् ।
यद्यपि महासचिव विप्लवले अहिलेको विकसित प्रविधिको विकास, युवाहरूको भावना, श्रमिक किसान, मजदुर सबैको भावना प्रतिबिम्बित हुने गरी नयाँ वैज्ञानिक नाम राख्नेबारे सोचौँ भनेकाले पार्टीको नामबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण