मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौँ । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नमसरेन ओयुन-एर्डेनले राजीनामा दिएका छन् । संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि उनले राजीनामा दिएका हुन् । छोराको जन्मदिन र इङ्गेजमेन्टको भव्य पार्टीका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि भ्रष्टाचार गरेको भन्दै ओयुन-एर्डेनविरुद्ध देशभरमा व्यापक विरोध प्रदर्शन भइरहेकै समयमा अविश्वासको प्रस्ताव पारित भएको हो ।
ओयुन-एर्डेनले २०२१ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । भावी प्रधानमन्त्री नियुक्त नहुँदासम्म आगामी ३० दिनका लागि भने उनी कार्यबाहक प्रधानमन्त्रीको रुपमा रहिरहनेछन् । महामारी, युद्ध र अतिरिक्त भन्सार मसहुल जस्ता नठिन समयमा देश र जनताको सेवा गर्न पाउनु आफ्नो लागि सम्मान भएको संसद्मा अविश्वासको प्रस्तावमाथि मतदान भएपनि ओयुन-एर्डेनले भनेका थिए ।
दुई हप्तादेखि देशभरका सडकमा ओयुन-एर्डेनविरुद्ध चर्को विरोध प्रदर्शन भइरहेको छ । परिवार विशेषगरी छोराको विलासी जीवनशैली देखेर मानिसहरूले उनको सम्पत्तिको स्रोत के हो भनेर प्रश्न गरिरहेका छन् । ओयुन-एर्डेनले भने भ्रष्टाचारको आरोपको खन्डन गरिरहेका छन् । ओयुन-एर्डेन सत्तामा आएयता मंगोलियामा भ्रष्टाचार चरम बनेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण