बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

भूकम्पलगत्तै पाकिस्तानको जेलबाट २१६ कैदी फरार

मङ्गलबार, २० जेठ २०८२, ११ : ३२
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • कराचीको मालिर जेलबाट २१६ कैदी भागेका छन्, जसमध्ये ८० जना पक्राउ परेका छन् र १३५ जना अझै फरार छन्।
  • भूकम्पको हल्लापछि कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएपछि भागदौड मच्चिएको र यसै क्रममा उनीहरू जेलको मुख्य ढोकाबाट भागेका थिए।
  • घटनामा एक कैदीको मृत्यु भएको छ भने ४ सुरक्षाकर्मी घाइते भएका छन्। गृहमन्त्रीले प्रशासनिक लापरबाहीको सम्भावना औंल्याएका छन्।

इस्लामवाद । सोमबार राति पाकिस्तानको कराचीस्थित मालिर जेलबाट २१६ कैदीहरू भागेका छन् । जेल प्रशासनका अनुसार कराचीमा भूकम्पको झट्का पछि सावधानी अपनाउँदै कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो । यस अवसरको फाइदा उठाउँदै कैदीहरू मुख्य ढोकाबाट भागेको जियो न्यूजले भनेको छ ।

यी मध्ये करिब ८० कैदीहरू फेरि पक्राउ परेका र अरु १३५ कैदी अझै फरार रहेको बताइएको छ । जेलका सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान यो कुरा पुष्टि गरेका हुन् । 

यसअघि धेरै मिडिया रिपोर्टहरूमा पर्खाल भत्काएर कैदीहरू भागेको भनेका थिए । प्रशासनले कुनै पनि पर्खाल नभेटिएको स्पष्ट पारेको छ, भागदौडको बीचमा सबै कैदीहरू मुख्य ढोकाबाट भागेका थिए । भूकम्पपछि ७०० देखि १००० कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो । हडबडी मच्चिरहँदा १०० भन्दा बढी कैदीहरू मुख्य ढोकातिर धक्का मुक्की गरेर भागेको गृहमन्त्री लन्जारले भनेका छन् । 

कारागार प्रशासनका अनुसार खोजी कार्य अझै जारी छ । यस कारबाहीमा विशेष सुरक्षा एकाइ (एसएसयू), र्‍यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) का टोलीहरू मिलेर काम गरिरहेको बताइएको छ । घटना लगत्तै रेन्जर्स र एफसीले जेल नियन्त्रणमा लिएका थिए । 

यस घटनामा एक कैदीको मृत्यु भएको खबर आएको छ । साथै, ४ सुरक्षाकर्मी घाइते भएको भनिएको छ । गृहमन्त्रीले प्रशासनिक लापरबाही पनि यो घटनाको कारण हुन सक्ने स्वीकार गरेका छन् । भागेका प्रत्येक कैदीको पहिचान र रेकर्ड उपलब्ध भएको र उनीहरूको घर र वरपरका क्षेत्रमा छापा मारिएको गृहमन्त्री लन्जरले बताए । लापरबाही गर्ने अधिकारीहरू विरुद्ध अनुशासनात्मक कारबाही गरिने जेल मन्त्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?