कमल थापा, दिपक सिंहसहित सात जना रिहा
काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो ।
रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले नारायहिटी दरबार क्षेत्र आसपास र सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण