पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण : नेपाल-चीन सम्बन्धमा पुनर्ताजगी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले नेपाल-चीन सम्बन्धलाई पुनर्जागरण गरेको भ्रमण टोलीको भनाइ छ।
- भ्रमण टोलीमा उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीको सहभागिता रहेको थियो, जसले भ्रमण फलदायी भएको बताए।
- भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपतिको नेतृत्वमा उच्चस्तरीय भेटघाट र छलफलहरू भए, जसले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने विश्वास गरिएको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको १० दिने चीन भ्रमणले नेपाल चीनबिचको सम्बन्धलाई पुनर्ताजगी गराएको भ्रमण टोलीले जनाएको छ । भण्डारीको टोलीमा सहभागी रहेका सरकारका उद्योग वाणिज्य मन्त्री तथा एमाले नेता दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण फलदायी र सफल भएको बताए ।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई चीनले न्यानो आतिथ्यतासहित स्वागत गरेको बताए । साथै उनले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उच्चस्तरको भेटवार्ता भएको पनि बताए ।
‘चीनमा रहँदा त्यहाँका उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, गान्सु प्रदेशका मुख्यमन्त्रीसहितसँग भेटवार्ता र छलफलहरू भयो, मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर्ताजगी भयो ।’
त्यसक्रममा नेपाल चीनको पुरानो सम्बन्ध, साझा मान्यता र सम्झौतालाई पुनर्ताजगी गर्ने सद्भाव भ्रमणका रुपमा रहेको मन्त्री भण्डारीको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीको टोली १० दिनअघि चीन भ्रमणमा गएको थियो । टोलीमा एमाले नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण