कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने
सारांश
- हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ ४ दिनका लागि बन्द हुने भएको छ।
- मकवानपुरको बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न सडक बन्द गरिनेछ।
- जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ, र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ।
मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक ४ दिन बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक बन्द गरिएको जनाएको हो । प्रशासन कार्यालयको सूचना अनुसार जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ ।
सो अवधिमा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण उक्त सडक खण्डको बगुवा स्थित बागमती खोलाको पुलसम्मको पहुँच मार्ग बगाएको थियो । बाढीले पहुँच मार्ग बगाएपछि सो सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । वर्षा याम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने, सवारी साधनमा क्षति पुगेपछि साने स्थानमा बेलिब्रिज राख्ने तयारी थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण