राजावादी प्रदर्शन
सिफलमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, २० जेठ २०८२, १५ : २१
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि पछिल्लो समय राजावादी दल एवं समूहहरूले काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै आइरहेका छन् ।
यसैबिच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मङ्गलबार काठमाडौँको सिफलमा राजसंस्थाको पक्षमा प्रदर्शन गरेको छ । सिफलको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल सहित बल्खु र कोटेश्वर बाहेकका क्षेत्रहरूमा कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाएपछि सुवेदी नेतृत्वको राजावादी समूहले सिफलमा प्रदर्शन गरेको हो ।
वर्तमान व्यवस्था खारेज एवं राजसंस्था पुनर्स्थापना नभएसम्म राजावादीहरूले प्रदर्शन नरोक्ने बताउँदै आएका छन् ।















Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण