मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
मङ्गलबार, २० जेठ २०८२, २२ : २३
सिरहा । मुद्दा मिलाइदिन्छु भनी ठगी गरेको आरोप सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका वडा नम्बर गौरीपुर निवासी प्रमोद महतो रहेका छन् । सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई समातिएको सिरहा प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई १ लाख रुपैयाँसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । सिरहा नगरपालिका–१६ माडर बस्ने ४८ वर्षीया रानीदेवी यादवसँग महतोले सवारी ज्यानसम्बन्धी मुद्दा मिलाउन आफूसँग १ लाख ७० हजार मागेको आरोप लगाएकी छन् ।
महतोले 'प्रहरीसँग मिलेर मुद्दा मिलाइदिन्छु' भनी ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महतोमाथि अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण