मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
मङ्गलबार, २० जेठ २०८२, २२ : २३

सिरहा । मुद्दा मिलाइदिन्छु भनी ठगी गरेको आरोप सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका वडा नम्बर गौरीपुर निवासी प्रमोद महतो रहेका छन् । सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई समातिएको सिरहा प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई १ लाख रुपैयाँसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । सिरहा नगरपालिका–१६ माडर बस्ने ४८ वर्षीया रानीदेवी यादवसँग महतोले सवारी ज्यानसम्बन्धी मुद्दा मिलाउन आफूसँग १ लाख ७० हजार मागेको आरोप लगाएकी छन् ।
महतोले 'प्रहरीसँग मिलेर मुद्दा मिलाइदिन्छु' भनी ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महतोमाथि अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँ शक्ति) ले पाँच महिना सङ्गठन विस्तारको काम गर्ने
-
त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छैनौँ : नेविसंघ
-
बागमती प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
-
मधेस प्रदेश : कुन मन्त्रालयले कति पाए बजेट ?
-
कारागारभित्र अबोध बालबालिका
-
नेसपा (नयाँ शक्ति) को केन्द्रीय बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित