ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त
बुधबार, २१ जेठ २०८२, १४ : ४२

समाचार सारांश
- ललितपुरको गोदावरीमा बाटो फराकिलो बनाउँदा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ५८ वर्षीय रमेश खड्गी रहेका छन् भने स्थानीयले विरोध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।
- प्रहरीले जेसिबी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ र स्थानीयले बाटो अवरुद्ध गरेका छन्।
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ ।
ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो । सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् ।
सातदोबाटो बाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
उनले भने, ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौँ ।’ मृतक रमेश खड्गी ठैबका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष