शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : फेरियो राजावादीको रणनीति, बन्धक बन्यो प्रतिनिधिसभा

बुधबार, २१ जेठ २०८२, २२ : ००
बुधबार, २१ जेठ २०८२

आज २०८२ जेठ २१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • तीनकुने घटना

तीनकुने घटनाबारेको थुनछेक पुरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । दुर्गा प्रसाईं सहित थुनामा रहेका ३९ जना विरुद्ध बुधबार सरकारको तर्फबाट चार जना सरकारी वकिलले बहस गरेका छन् । 

  •  निरन्तर बयान

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले निरन्तर बयान लिन थालेको छ ।

  • विपक्षीलाई सत्तापक्षकाे जवाफ

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नगरे पनि छानबिन आयोग गठन गर्नुपर्ने विपक्षीको मागलाई सत्तापक्षले कुनै हालतमा स्विकार्न नसकिने जनाएको छ । 

  • राजावादी समूहकाे बैठक

राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने बताएको हो । 

  • मन्त्रिपरिषद् बैठक

जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।

  • अग्नि सापकोटाविरुद्धको रिट

 पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश गरेको छ ।

  • यातायात क्षेत्रमा हडताल 

 यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  बुधबार न्यायाधीश नित्यानन्द पाण्डेकाे एकल इजलासले अल्पकालीन आदेश जारी गरेकाे हाे । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बाेलाएकाे छ । 

  • तीनकुने घटना

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताहरूले विश्राम लिए अहिलेको असन्तुष्टि हट्ने दाबी गरे । जेठ १७ गते ललितपुरको एक कार्यक्रममा थापाले शीर्ष नेतृत्वले विश्राम लिएको भोलिपल्टदेखि नै समस्याको हल हुने दाबी गरेका हुन् । थापाको टिप्पणीबाट लोकतन्त्रको सबैभन्दा ठुलो समस्या नेतृत्वमा एउटै अनुहार बारम्बार दोहोरिनु प्रस्ट बुझ्न सकिन्छ । 

  • लगानीमैत्री वातावरण

बैंकहरूले नेपालमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट नवीकरणीय ऊर्जामा विदेशी लगानीका लागि हेजिङ (भविष्यमा सम्भावित वित्तीय घाटाबाट जोगिन अपनाइने जोखिम न्यूनीकरण रणनीति) चुनौतीपूर्ण रहेको बैंकर तथा विज्ञहरूले बताएका छन् । 

  • विद्यालय शिक्षा विधेयक

 विद्यालय शिक्षा विधेयकमाथिको छलफल अनिश्चित बनेको छ । संसदीय समितिमा उक्त विधेयकमा कहिलेदेखि छलफल हुन्छ भन्ने टुङ्गो लाग्न नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप