तारेखमा रहेका भट्टराईसँग अख्तियारकाे निरन्तर बयान
सारांश
- अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे बयान सुरु गरेको छ।
- भट्टराईलाई १० दिनको तारेखपछि अख्तियारले बयान लिन थालेको हो, र उनको मोबाइल तथा ल्यापटप फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
- भट्टराईमाथि युएई र कुवेत जाने महिलाहरुसँग रकम असुलेको आरोप लागेको छ र उनी बिचौलियासँग मिलेर सेटिङ मिलाउने गरेको आरोप छ।
काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले निरन्तर बयान लिन थालेको छ । १० दिनको ‘तारेख’ पुरा गरेपछि भट्टराईसँग निरन्तर बयान सुरु गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले सुरुमा दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरेका थिए । तर, डिएफएल रिपोर्ट नआएको हुनाले उनलाई १० दिनको तारेख दिइएको थियो । ती अधिकृत भन्छन्, ‘पछिल्लो ३ दिनयता उनीसँग निरन्तर बयान लिने काम भइरहेको छ ।’
भट्टराईको मोबाइल र ल्यापटप लगायतका डिजिटल उपकरण अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा परीक्षण गरिरहेको छ । फरेन्सिक जाँचको पूर्ण रिपोर्ट आइसकेको छैन ।
पर्यटक भिसा लगाएर विदेशिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोड वर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । भट्टराईले बिचौलियाहरूसँग मिलेर विमानस्थलमा सेटिङ चलाउने गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण