तीनकुने घटना
तीनकुने प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, चार जना सरकारी वकिलहरूको बहस सकियो
बुधबार, २१ जेठ २०८२, १९ : ५१
काठमाडौँ । तीनकुने घटनाबारेको थुनछेक पुरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । दुर्गा प्रसाईं सहित थुनामा रहेका ३९ जना विरुद्ध बुधबार सरकारको तर्फबाट चार जना सरकारी वकिलले बहस गरेका छन् ।
जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाई हुमागाईँ र उदय चन्द्र अधिकारीले बहस गरेका हुन् । सरकारी वकिलको बहस सकिएपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरू मध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागी थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण