‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
सारांश
- पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली नरहेको बताए।
- उनले गणतन्त्रलाई सुदृढ बनाउन कानुन निर्माण र योजना आवश्यक रहेको जनाए।
- रेग्मीले संविधान कार्यान्वयनलाई गौरवको विषय माने, स्रोत व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याए।
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गरे ।
पूर्वअध्यक्ष रेग्मीले भने, “गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैँ बलियो र समृद्ध हुन्छ ।” ठूलो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमा कानुन निमार्ण र योजना बनाउन आवश्यक रहेको जनाउँदै उनले कतिपय अभ्यासमा देखिएका कमीकमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा जोड दिए ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले पहिलो संविधानसभाले संविधान दिन नसकेर विघटन भई राजनीतिक अन्योल र जटिल परिस्थितिमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै सोही संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताए । उनले स्रोत व्यवस्थानपन र अभ्यासका क्रममा देखिएका केही कमीकमजोरीलाई तत्कालै सुधार गरेर लैजान सकिने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण