शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’

बिहीबार, २२ जेठ २०८२, १२ : ५०
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली नरहेको बताए।
  • उनले गणतन्त्रलाई सुदृढ बनाउन कानुन निर्माण र योजना आवश्यक रहेको जनाए।
  • रेग्मीले संविधान कार्यान्वयनलाई गौरवको विषय माने, स्रोत व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याए।

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गरे ।

पूर्वअध्यक्ष रेग्मीले भने, “गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैँ बलियो र समृद्ध हुन्छ ।” ठूलो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमा कानुन निमार्ण र योजना बनाउन आवश्यक रहेको जनाउँदै उनले कतिपय अभ्यासमा देखिएका कमीकमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा जोड दिए ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले पहिलो संविधानसभाले संविधान दिन नसकेर विघटन भई राजनीतिक अन्योल र जटिल परिस्थितिमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै सोही संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताए । उनले स्रोत व्यवस्थानपन र अभ्यासका क्रममा देखिएका केही कमीकमजोरीलाई तत्कालै सुधार गरेर लैजान सकिने प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप