मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै
बिहीबार, २२ जेठ २०८२, १४ : २३
जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम ल्याउँदै छ । मधेसको प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको नीति आयोग मधेसका उपाध्यक्ष डा. सोहन साहले बताए । उनका अनुसार पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो । ‘इन्टर कनेक्टेड वे’ मा नीति तथा कार्यक्रम ल्याउन लागिएको उनको भनाइ छ ।
विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण