पोर्चुगलमा 'अफगानिस्तानको आगो’ लोकार्पण
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सका संस्थापक तथा अफ्रिका क्षेत्रीय पूर्व उप-संयोजक रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ को भव्य लोकार्पण भएको छ।
साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयोजनमा पोर्चुगलमा आयोजना गरिएको एक समारोहबीच राजदूत प्रकाशमणि पौडेल, द्दितिय सचिव रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक पन्त (आरपी) को उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि राजदूत पौडेलले कार्यक्रममा बोल्दै पुस्तकलाई आप्रवासी नेपालीको संघर्ष र अनुभवको दस्तावेजको रूपमा उच्च मूल्याङ्कन गरे ।
कार्यक्रममा बोल्दै लेखक पन्तले अफगानिस्तानमा बिताएका झण्डै सात वर्षे बसाइँका अनुभवहरूलाई नै पुस्तकको मूल कथा बनाएको जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले नेपालीको भोगाईलाई शब्दमा उतार्नु आफैमा उत्कृष्ट विषय भएको भन्दै उक्त पुस्तक भोगाई र अनुभवको दस्तावेज बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण