राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
शनिबार, २४ जेठ २०८२, २२ : २१
सारांश
- बाँकेको राप्ती नदीमा डुबेर नेपालगञ्जका एक युवकको मृत्यु भएको छ।
- १९ वर्षीय कमल दर्जी राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित नहरमा डुबेका थिए।
- प्रहरी, सेना र स्थानीयको सक्रियतामा दर्जीको शव दुई घण्टापछि फेला परेको थियो।
नेपालगञ्ज । राप्ती नदीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो ।
नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण