आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
अमेरिकामा आप्रवासीको प्रदर्शन

आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ

आइतबार, २५ जेठ २०८२, १७ : १३
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले लस एन्जलसको प्रदर्शन नियन्त्रणका लागि २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन्।
  • प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने आईसीई अपरेशनमा ११८ जना पक्राउ परेका छन्।
  • क्यालिफोर्नियाका गभर्नर न्यूसम र राष्ट्रपति ट्रम्पबीच फोनवार्ता भए पनि कुनै विवरण सार्वजनिक भएन, तर ट्रम्पले हस्तक्षेपको चेतावनी दिए।

लस एन्जलिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन् । यी विरोध प्रदर्शनहरू अवैध आप्रवासीहरूविरुद्ध गरिएको छापा मार्ने सरकारको कदम विरुद्ध भइरहेका छन्।

‘हामी लस एन्जलसलाई सुरक्षित बनाउँदैछौँ,’ ट्रम्पका सीमा सल्लाहकार टम होमनले फक्स न्यूजलाई भने। शनिबार, क्यालिफोर्नियाको लस एन्जलिस सहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका सदस्यहरू र अमेरिकी आप्रवासन एजेन्सी (आईसीई) का अधिकारीहरूबिच झडप भएको थियो।

us-pradrasan (1)

त्यसपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। यस हप्ता हालसम्म, आईसीई अपरेशनको क्रममा ११८ जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४४ जनालाई शुक्रबार मात्र पक्राउ गरिएको थियो। क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले उक्त कार्यलाई ‘क्रूर’ भने । 

us-pradrasan (2)

शनिबार, न्युसमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग लगभग ४० मिनेट फोनमा कुराकानी गरेका थिए । तर यस कुराकानीको कुनै विवरण सार्वजनिक गरिएको थिएन। यद्यपि, यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसियल अकाउन्टमा यदि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले आफ्नो काम गर्न सक्दैनन् भने संघीय सरकारले हस्तक्षेप गर्ने बताएका थिए ।

us-pradrasan (3)

‘यदि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र लस एन्जलसका मेयर करेन बासले आफ्नो काम गर्न सक्दैनन् भने, संघीय सरकारले हस्तक्षेप गर्नेछ र दंगा गर्ने र लुटेराहरूको समस्या समाधान गर्नेछ,’ उनले लेखे । हाल, प्यारामाउन्टको वातावरण अलि शान्त भएको छ, तर प्रदर्शनकारी र प्रहरी बिचको भिडन्त अझै पनि जारी छ।

us-pradrasan (4)us-pradrasan (5)us-pradrasan (6)us-pradrasan (7)us-pradrasan (8)us-pradrasan (9)us-pradrasan (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप