अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा
सोमबार, २६ जेठ २०८२, १४ : २७

समाचार सारांश
- मिस सुप्रानेसनल नेपाल २०२५ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। उनी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिनेछिन्।
- दीक्षाले सोमबार बिहान त्रिभुवन विमानस्थलबाट पोल्यान्डको लागि उडान भरेकी हुन्।
- प्रतियोगिता ९ देखि २७ जुन सम्म हुनेछ, जहाँ उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् र देशलाई चिनाउनेछिन्।
काठमाडौँ । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।
उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट पोल्यान्ड उडेकी हुन् । ९ देखि २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।
नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको उनले बताइन् । ‘मलाई एकदमै खुसी लागेको छ । विश्वका ७० बढी देशहरूबाट सहभागिताका लागि आउनुहुनेछ । त्यो ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा
-
क्लासिक टेकको डिलर पार्टनर बन्ने सुनौलो अवसर – बिना लगानी, फोनमै आम्दानी !
-
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
-
सुकुमबासी बस्तीमा खानेपानीको माग गर्दै आजपाले बुझायो खानेपानी कार्यालयमा ज्ञापनपत्र
-
प्राध्यापक चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा सर्वोच्चले मगायो मिसिल कागज