अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा
सोमबार, २६ जेठ २०८२, १४ : २७
सारांश
- मिस सुप्रानेसनल नेपाल २०२५ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। उनी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिनेछिन्।
- दीक्षाले सोमबार बिहान त्रिभुवन विमानस्थलबाट पोल्यान्डको लागि उडान भरेकी हुन्।
- प्रतियोगिता ९ देखि २७ जुन सम्म हुनेछ, जहाँ उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् र देशलाई चिनाउनेछिन्।
काठमाडौँ । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।
उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट पोल्यान्ड उडेकी हुन् । ९ देखि २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।
नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको उनले बताइन् । ‘मलाई एकदमै खुसी लागेको छ । विश्वका ७० बढी देशहरूबाट सहभागिताका लागि आउनुहुनेछ । त्यो ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण