मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु
काठमाडौँ। भारतकाे मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ । सेन्ट्रल रेलवेका अनुसार यो घटना सोमबार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको हो ।
सेन्ट्रल रेलवेका अनुसार केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए । मुंब्रा स्टेसननजिकै केही यात्रु रेलबाट तल खसे । यात्रुहरू खस्नुको कारण अत्यधिक भीड भएको बताइएको छ ।
घटनाको जानकारी पाए लगत्तै रेलवे प्रशासन र प्रहरी घटनास्थलमा पुगेका थिए । घाइते यात्रुहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानमा जनाइएअनुसार रेलमा अत्यधिक भीड थियो । जसका कारण यात्रुहरू ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । दुर्घटनाका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जहाँ यात्रुहरूलाई ट्रेनबाट खसिरहेको देख्न सकिन्छ ।
ती यात्रुहरूलाई ट्र्याकबाट उठाएर प्लेटफर्ममा ल्याइएको थियो। सबै मृतकको उमेर ३० देखि ३५ वर्षको बिचको रहेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
यस दुर्घटनापछि रेलवे बोर्डले अबदेखि रेलहरूमा स्वचालित ढोका प्रणाली राखिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण