मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु

काठमाडौँ। भारतकाे मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ । सेन्ट्रल रेलवेका अनुसार यो घटना सोमबार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको हो ।
सेन्ट्रल रेलवेका अनुसार केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए । मुंब्रा स्टेसननजिकै केही यात्रु रेलबाट तल खसे । यात्रुहरू खस्नुको कारण अत्यधिक भीड भएको बताइएको छ ।
घटनाको जानकारी पाए लगत्तै रेलवे प्रशासन र प्रहरी घटनास्थलमा पुगेका थिए । घाइते यात्रुहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानमा जनाइएअनुसार रेलमा अत्यधिक भीड थियो । जसका कारण यात्रुहरू ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । दुर्घटनाका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जहाँ यात्रुहरूलाई ट्रेनबाट खसिरहेको देख्न सकिन्छ ।
ती यात्रुहरूलाई ट्र्याकबाट उठाएर प्लेटफर्ममा ल्याइएको थियो। सबै मृतकको उमेर ३० देखि ३५ वर्षको बिचको रहेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
यस दुर्घटनापछि रेलवे बोर्डले अबदेखि रेलहरूमा स्वचालित ढोका प्रणाली राखिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा
-
क्लासिक टेकको डिलर पार्टनर बन्ने सुनौलो अवसर – बिना लगानी, फोनमै आम्दानी !
-
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
-
सुकुमबासी बस्तीमा खानेपानीको माग गर्दै आजपाले बुझायो खानेपानी कार्यालयमा ज्ञापनपत्र
-
प्राध्यापक चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा सर्वोच्चले मगायो मिसिल कागज