महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह
सारांश
- काठमाडौँ महानगरपालिकाले रोजगार मेलाको आयोजना गरेको छ, जसमा निजी क्षेत्र, साझेदार र सरोकारवालाहरूलाई अवलोकनको लागि आग्रह गरिएको छ।
- मेला 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको छ, जसले १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिने लक्ष्य राखेको छ।
- मेलामा विभिन्न १० विधाका ३७ वटा पेसा सम्बन्धी निःशुल्क तालिमहरू सञ्चालन भइरहेका छन्, जसमा आइसीटी, ब्युटिसियन, ज्योतिष र कृषि सम्बन्धी तालिमहरू समावेश छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न आग्रह गरेका छन् । उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गर्दै उनले यसको अवलोकनको लागि आग्रह गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ । गएको आर्थिक वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको हो।
यसअन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइने प्रमुख शाहले जानकारी दिए । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने महानगरको लक्ष्य राखिएको छ ।
शाह भन्छन्–'सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने मेलाको लक्ष्य हो । १० वटा विधामा ३७ वटा पेसासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क हुन् । मेलामा आइसीटी क्षेत्रका ७ वटा पेसा, श्रृङ्गार अर्थात् ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेसाका तालिम चलिरहेका छन् ।'
मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन) र स्टक मार्केट सम्बन्धी तालिम चलिरहेका छन्। दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण