अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने
मङ्गलबार, २७ जेठ २०८२, १४ : २५

काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा.सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए ।
ती नामहरूमा विरोध गर्दै असन्तुष्ट पक्षले नाराबाजी गरेको थियो । जसले गर्दा बन्द सत्र स्थगित गर्दै निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन