अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने
मङ्गलबार, २७ जेठ २०८२, १४ : २५
काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा.सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए ।
ती नामहरूमा विरोध गर्दै असन्तुष्ट पक्षले नाराबाजी गरेको थियो । जसले गर्दा बन्द सत्र स्थगित गर्दै निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण