बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, २८ जेठ २०८२, १० : ३९
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भयो।
  • छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार।
  • चाँदीको मूल्य भने स्थिर रह्यो, मंगलबारकै मूल्यमा कारोबार भयो।

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो । 

यसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप