अर्थ
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, २८ जेठ २०८२, १० : ३९
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भयो।
- छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार।
- चाँदीको मूल्य भने स्थिर रह्यो, मंगलबारकै मूल्यमा कारोबार भयो।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।
यसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण