रास्वपाले कांग्रेस समक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन वानेश्वरमा विपक्षी दलहरूको बैठक

काठमाडौँ । लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छलफल जारी छ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे र र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी छन्।
माओवादी केन्द्रका नेता वर्षमान पुनले दिएको जानकारीअनुसार, बैठकमा रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि केन्द्रित रहेर साझा धारणा निर्माण गर्ने प्रयास भइरहेको छ। 'यस बैठकबाट एउटा साझा धारणा बनाएर सत्तारूढ दलसँग पुनः छलफल गर्ने तयारी छ,' पुनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो
-
शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबिच सहमति हुन्छ : प्रचण्ड
-
चिप्लिएर घाइते भएका नख्खु कारागारका कैदीको मृत्यु
-
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
-
नारायणकाजी श्रेष्ठद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त