नाइमाले गर्ने नेपाल मोबिलिटी एक्सपोको स्टल बाँडफाँट, चारपांग्रेलाई सबैभन्दा बढी
सारांश
- नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि स्टल बाँडफाँट भयो। यो एक्स्पो आगामी साउनमा काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
- एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारी साधन गरी ५० ब्रान्डको सहभागिता रहनेछ। कुल ४८ स्टलमध्ये विभिन्न ब्रान्डलाई स्टल प्रदान गरिएको छ।
- नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पोका लागि सबै स्टल बुक भइसकेको र यसले प्रदर्शनीमा नयाँपन थप्ने बताइन्।
काठमाडौँ । नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि स्टल बाँडफाँट गरिएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफेक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउनमा आयोजना गर्ने एक्स्पो २०२५ को लागि स्टल बाँडफाँट गरिएको हो ।
नाइमाका अनुसार काठमाडौँको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म एक्स्पो हुँदैछ । एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारी साधन गरी ५० ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ । एक्स्पोमा कुल ४८ स्टलमध्ये चारपांग्रेलाई २१, दुईपांग्रेलाई १८ र नौवटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको छ।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पोका लागि सबै स्टल बुक भइसकेको जानकारी दिइन् । उनले नाइमा नेपाल मोबिलिटी एक्स्पोले परम्परागत प्रदर्शनीको स्वरुपमा नविनता थप्ने बताइन् ।
नाइमा एक्स्पोमा बीवाईडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्सले सहभागिता जनाउँदै छन्। त्यसैगरी हुन्डाई, केयी, किया, लिपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्डा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेइको, पुज्यो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर ब्राण्डका चारपाङग्रे कम्पनीहरु सहभागी हुनेछन्।
नाइमाका अनुसार दुईपांग्रेतर्फ एक्स्पोमा एम्पर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायलेट, याडिया र जीहोले सहभागिता हुने छन्।
व्यावसायिक सवारी साधनमा चेरी वान्डा, डोङफेङ, फारिजन, हुआजी, कामा, केरी, किंगलङ र सनलोङ ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण