शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
अदालत

५२ संवैधानिक नियुक्ति विवाद : ५ घण्टादेखि न्यायाधीशहरू छलफलमा

बुधबार, २८ जेठ २०८२, १६ : १४
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि आज निर्णय सुनाउने छ।
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासमा माघ ३० गतेदेखि सुनुवाइ भएको थियो।
  • बुधबार निर्णय सुनाउने मिति तोकिएपछि प्रधानन्यायाधीशसहित न्यायाधीशहरू छलफलमा जुटेका छन्।

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासमा गत माघ ३० गतेदेखि उक्त मुद्दामा नियमित सुनुवाइ भएको थियो । 

जसअनुसार गत जेठ १ गते सुनुवाइ सकिएपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकिएको थियो । सोहीबमोजिम बुधबार प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलास तोकिएको छ । तर गोला तानेसँगै बिहान ११ बजेदेखि नै प्रधानन्यायाधीश राउतको चेम्बरमा न्यायाधीशहरुको छलफल चलिरहेको हो । 

यसैबीच सोही मुद्दाका सम्बन्धमा ५ घण्टादेखि प्रधानन्यायाधीशसहित न्यायाधीशहरु छलफलमा जुटेकोसँगै अन्य मुद्दाहरु हेर्न नभ्याइनेमा राखिएको छ । 

बुधबार प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा २ वटा मुद्दाको निर्णय सुनाउने र बाँकी ४५ मुद्दाको सुनुवाईका लागि पेसी तोकिएको थियो ।

५२ संवैधानिक नियुक्ति विवादबारे निर्णय सुनाउन लामो समय न्यायाधीशहरु छलफलमा जुटेपछि सुनुवाईका लागि पेसी तोकिएका ४५ मुद्दा इहलास तोकिए पनि बेन्च नबसेपछि हेर्न नभ्याइने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप