राष्ट्रिय महाधिवेशन
अनेरास्ववियुको निर्वाचन कार्यतालिका फेरि सर्यो, बिहीबार बिहान ८ बजेदेखि मतदान हुने
बुधबार, २८ जेठ २०८२, १९ : ३२
काठमाडौँ । अनेरास्ववियुको निर्वाचनमा मतदानको समय पुन: सरेको छ। कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको समय सरेको हो। अब भोलि (बिहीबार) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।
यसअघि आज राति ८ बजेदेखि मतदानको कार्यतालिका थियो। निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय भोलीका लागि सारेको हो।
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। २०३ पदका लागि ५२१ जनाको उम्मेदवारी परेको छ। आजसम्मका लागि तोकिएको महाधिवेशनको समय निर्वाचन प्रक्रियाका कारण लम्बिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण