राष्ट्रिय महाधिवेशन
अनेरास्ववियुको निर्वाचन कार्यतालिका फेरि सर्यो, बिहीबार बिहान ८ बजेदेखि मतदान हुने
बुधबार, २८ जेठ २०८२, १९ : ३२

काठमाडौँ । अनेरास्ववियुको निर्वाचनमा मतदानको समय पुन: सरेको छ। कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको समय सरेको हो। अब भोलि (बिहीबार) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।
यसअघि आज राति ८ बजेदेखि मतदानको कार्यतालिका थियो। निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय भोलीका लागि सारेको हो।
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। २०३ पदका लागि ५२१ जनाको उम्मेदवारी परेको छ। आजसम्मका लागि तोकिएको महाधिवेशनको समय निर्वाचन प्रक्रियाका कारण लम्बिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँडीगाउँमा बृहत् रक्तदान
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
-
गर्मी बढेसँगै पौडीमा रमाउँदै केटाकेटीहरू, तस्बिरहरू