न्यायाधीश खुसीप्रसाद थारुलाई मसी छ्याप्ने ३ जना नियन्त्रणमा
सारांश
- पर्सा प्रहरीले न्यायाधीश खुसीप्रसाद थारुलाई मसी छ्यापेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ।
- नियन्त्रणमा लिइएका व्यक्तिहरू नेकपा बहुमतमा आबद्ध रहेको बताइएको छ।
- न्यायाधीश थारुले कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाइ दिएकोमा असन्तुष्ट भई मसी छ्यापेको आरोप छ।
काठमाडौँ । न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाई दिने फैसला गरेका थिए ।
जेठ १४ मा भएको सो फैसलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । न्यायाधिशद्वयले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएका थिए ।
फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधिवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विस्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो । फैसलाको पूर्णपाठ आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण