विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’
काठमाडौँ । अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको दृश्य कस्तो थियो भनेर बताएका छन् ।
एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘म घरमा बसिरहेको थिएँ, अचानक ठुलो आवाज आयो। भूकम्प आएको जस्तो महसुस भयो। चारैतिर धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ। जब हामी यहाँ आयौं, अनि मात्र दुर्घटनाबारे मलाई थाहा भयो। जब म यहाँ आएँ, मैले एउटा विमान दुर्घटनाग्रस्त भएको देखेँ । त्यहाँ धेरै लाशहरू छरिएका थिए।’
यसैबिच, भाजपा विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भनिन्, ‘म यहाँ मेरो कार्यालयमा बसिरहेकी थिएँ। ठुलो विस्फोट भयो । जब म घटनास्थल गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ। त्यहाँ धेरै धुवाँ थियो। डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति पुगेको छ। हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूलाई उद्धार गरेका थियौँ।’
अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो । यो विमान अहमदाबादबाट लन्डन गेटविक जाँदै थियो।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण