सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, सहन सकिँदैन’

बिहीबार, २९ जेठ २०८२, २१ : २३
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । उच्च अदालत जनकपुर अस्थायी इजलार वीरगञ्जका न्यायाधीशमाथि मोसो प्रहार गरिएको घटनाप्रति नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार नेकपा बहुमत निकट कार्यकर्ताहरूले अफताव आलमलाई सफाइ दिएकाे भन्दै न्यायाशीधमाथि कालो मसी छ्यापेका थिए । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन सर्वोच्च अदालत विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै  घटनाप्रति आपत्ति जनाएको हो । 

जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'न्यायालयका फैसलाहरू संविधान, कानुन र प्रमाणमा आधारित हुने गर्दछन् । यस्ता फैसलाप्रति असहमति भएमा त्यसको निराकरण न्यायिक विधिबाट नै खोजिनु लोकतान्त्रिक अभ्यास हो । तर, कानूनको शासनको मर्मविपरीत न्याय सम्पादनमा संलग्न न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, जसलाई कानुनी हिसाबले सहन सकिँदैन । यस प्रकारको हिंसात्मक कार्यलाई समर्थन गर्नु, त्यसलाई उत्सवको रूपमा प्रस्तुत गर्नु तथा यसबाट न्यायालयको गरिमा र स्वतन्त्रतामाथि प्रहार गर्नु गम्भीर चिन्ताको विषय हो ।हामी यस घटनाको कडा शब्दमा भर्त्सनागर्दै, दोषीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछौँ ।'

यस्ता घटनाबाट विचलित नहुन सम्पूर्ण न्यायाधीश, न्यायिक कर्मचारी र अदालतसँग सम्बन्धित सबै पक्षहरूप्रति नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन सर्वोच्च अदालत विभागले आग्रहसमेत गरेको छ । 

अदालतहरूको भौतिक तथा मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल प्रभावकारी र कडाभन्दा कडा सुरक्षा व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप