शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

संसद् बैठकअघि आज पनि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

शुक्रबार, ३० जेठ २०८२, १० : ५९
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • संसदको गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ।
  • विपक्षी दलहरूबीच साझा धारणा बनाउन र सत्तापक्षसँग छलफल गर्न बैठक आयोजना गरिएको हो।
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको विषयलाई लिएर विपक्षी दलहरूले उच्चस्तरीय छानबिनको माग गरेका छन्, जसका कारण संसद अवरुद्ध छ।

काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबिच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताए । त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे ।  ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने । 

बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो तर सहमति हुन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन् । सोही प्रकरणका कारण जेठ १३ गतेदेखि संसद्को अवरोध जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप