संसद् बैठकअघि आज पनि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
सारांश
- संसदको गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ।
- विपक्षी दलहरूबीच साझा धारणा बनाउन र सत्तापक्षसँग छलफल गर्न बैठक आयोजना गरिएको हो।
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको विषयलाई लिएर विपक्षी दलहरूले उच्चस्तरीय छानबिनको माग गरेका छन्, जसका कारण संसद अवरुद्ध छ।
काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबिच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताए । त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे । ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने ।
बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो तर सहमति हुन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन् । सोही प्रकरणका कारण जेठ १३ गतेदेखि संसद्को अवरोध जारी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण