१३ लाख बढी रकम सहित एक जना पक्राउ
शुक्रबार, ३० जेठ २०८२, १६ : ५३

बारा । स्रोत नखुलेको १३ लाख बढी रकम सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सिमराबाट स्रोत नखुलेको १३ लाख सात हजार पाँच सय रुपैयाँ रकम सहित वीरगन्ज १६ का २० वर्षीय सुरज कुशवाहालाई पक्राउ गरेको हो । बारा प्रहरीका अनुसार उनकाे साथबाट विभिन्न बिल भौचर कागजातहरू समेत बरामद गरिएकाे छ ।
बिहीबार साँझ जितपुर सिमरा २ एयरपोर्ट रोड स्थित विशेष सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीको कमान्डमा खटिएको टोलीले कुशवाहा अवैध रकम सहित पक्राउ गरेको हो ।
कुशवाहा माथि कानुन बमोजिम हुन्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष कुमार तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
-
फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार
-
इरान-इजरायल तनाव : चीनद्वारा इजरायलको निन्दा, इरानलाई अमेरिकाको चेतावनी
-
गुल्मीमा कफीको बिरुवाको माग बढ्दो
-
इरानद्वारा इजरायलमा थप हमला, एक इजरायलीको मृत्यु
-
दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिन्छौँ : प्रचण्ड