१३ लाख बढी रकम सहित एक जना पक्राउ
शुक्रबार, ३० जेठ २०८२, १६ : ५३
बारा । स्रोत नखुलेको १३ लाख बढी रकम सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सिमराबाट स्रोत नखुलेको १३ लाख सात हजार पाँच सय रुपैयाँ रकम सहित वीरगन्ज १६ का २० वर्षीय सुरज कुशवाहालाई पक्राउ गरेको हो । बारा प्रहरीका अनुसार उनकाे साथबाट विभिन्न बिल भौचर कागजातहरू समेत बरामद गरिएकाे छ ।
बिहीबार साँझ जितपुर सिमरा २ एयरपोर्ट रोड स्थित विशेष सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीको कमान्डमा खटिएको टोलीले कुशवाहा अवैध रकम सहित पक्राउ गरेको हो ।
कुशवाहा माथि कानुन बमोजिम हुन्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष कुमार तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण