शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
संसद् बैठक

गृहमन्त्री बोल्दा रास्वपाले गर्‍यो बेल घेराउ र नाराबाजी

शुक्रबार, ३० जेठ २०८२, १७ : ४६
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद्‌मा बोल्दा रास्वपाका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेका छन् ।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसमा राप्रपाले पनि साथ दिएको छ ।

तर, बेल घेराउमा राप्रपा भने सहभागी भएन । नाराबाजी र विपक्षीको बेल घेराउकाबिच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिए । त्यस्तै उनले आफू विरुद्ध लाग्ने पार्टीका सांसद मन्त्री भएका बेला कति मानिस भिजिट भिसामार्फत विदेश गएका छन् भन्दै त्यसको समेत छानबिन गर्ने हिम्मत छ भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप