स्कटल्याण्डसँगकाे टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा
शुक्रबार, ३० जेठ २०८२, १८ : ३९

काठमाडौं । स्कटल्याण्डमा हुने टी–२० आई क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ।
१५ जुनदेखि २० जुन २०२५ सम्म ग्लास्गोमा हुने उक्त सिरिजका लागि १६ खेलाडीको नाम सार्वजनिक गरिएको हो।
टोलीमा कप्तान पौडेल सहित आसिफ शेख,कुशल भुर्तेल,अनिल कुमार साह,भिम सार्की,बशीर अहमद,दिपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने,करण केसी,ललित नारायण राजवंशी रहेका छन् । त्यस्तै नन्दन यादव,रिजन ढकाल,किरण ठगुन्ना,लोकेश बम,रुपेश कुमार सिंह र आरिफ शेख समेत टोलीमा समावेश छन् ।
नेपाल क्रिकेट संघले नेपालले स्कटल्याण्डसँग टी–२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयलाई गुठी र कम्पनी दुवैमा जान दिनेगरि लचिलो बन्ने सरकारको प्रस्ताव
-
०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
-
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
-
बैजनी भुइँफूल र अपि हिमालको काख
-
विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षामन्त्री पन्त
-
आलोचना बढेपछि रिसाएका प्रचण्ड