कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ

समाचार सारांश
- पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउँदा बाह्य दबाब स्वीकार्य नहुने बताइन्।
- उनले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन जस्ता संघसंस्थाको दबाबमा सरकार परेको आरोप लगाइन्।
- सांसद श्रेष्ठले ऐन बनाउने विषयमा संसदको भूमिकालाई जोड दिँदै सरकारलाई रुलिङ गर्न आग्रह गरिन्।
काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर सह्य नहुने बताएकी छन्। शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै श्रेष्ठले ऐन बनाउने विषयमा बाह्य प्रेसर तथा हस्तक्षेप सह्य नहुने बताएकी हुन्।
सरकार नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता सङ्घ संस्थाको दबाबमा परेको बताइन। ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै उनले त्यसका लागि सरकारलाई रुलिङ गर्न सभापतिसँग अनुरोध गरिन्।
अङ्ग्रेजीमा एउटा भनाइ छ– 'डज द डग वाग द टेल, अर डज द टेल वाग द डग ? कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने ? हामीले बनाउने हो कि सङ्घ सङ्गठनहरूले विधेयक बनाउने ?' उनले प्रश्न गरिन्।
महासङ्घले पोलिटिक प्रेसर दिन्छ भने त्यो पार्टीले थेग्नुपर्ने र त्यसको असर सांसदलाई पार्न नहुने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’