कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ
सारांश
- पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउँदा बाह्य दबाब स्वीकार्य नहुने बताइन्।
- उनले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन जस्ता संघसंस्थाको दबाबमा सरकार परेको आरोप लगाइन्।
- सांसद श्रेष्ठले ऐन बनाउने विषयमा संसदको भूमिकालाई जोड दिँदै सरकारलाई रुलिङ गर्न आग्रह गरिन्।
काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर सह्य नहुने बताएकी छन्। शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै श्रेष्ठले ऐन बनाउने विषयमा बाह्य प्रेसर तथा हस्तक्षेप सह्य नहुने बताएकी हुन्।
सरकार नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता सङ्घ संस्थाको दबाबमा परेको बताइन। ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै उनले त्यसका लागि सरकारलाई रुलिङ गर्न सभापतिसँग अनुरोध गरिन्।
अङ्ग्रेजीमा एउटा भनाइ छ– 'डज द डग वाग द टेल, अर डज द टेल वाग द डग ? कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने ? हामीले बनाउने हो कि सङ्घ सङ्गठनहरूले विधेयक बनाउने ?' उनले प्रश्न गरिन्।
महासङ्घले पोलिटिक प्रेसर दिन्छ भने त्यो पार्टीले थेग्नुपर्ने र त्यसको असर सांसदलाई पार्न नहुने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण