व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ
शनिबार, ३१ जेठ २०८२, २१ : ३४
सारांश
- सङ्खुवासभा प्रहरीले अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भोजपुरका सुजन भुजेल र विपल राई रहेका छन्, जसले पीडितको फोटो र भिडियो प्रयोग गरी रकम माग गरेका थिए।
- प्रहरीले उनीहरूलाई खाँदबारीबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ।
सङ्खुवासभा । अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय विपल राई रहेका छन् ।
पीडितको व्यक्तिगत एवम् गोपनीयताका विषयमा फोटो/भिडियो बनाई पीडितको आफन्त तथा साथीहरूलाई पठाई चरित्र हत्या गरेको र फोटो/भिडियो सार्वजनिक गरी दिने धम्की दिई डर, त्रास देखाई रकम माग गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत सङ्खुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण