संसद्को गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै
आइतबार, ०१ असार २०८२, ०७ : ४३
सारांश
- सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका सचेतकहरूसँग छलफल गर्दैछन्।
- छलफलको मुख्य उद्देश्य संसदको अवरोध अन्त्य र बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका बनाउनु हो।
- रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।
काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग आज छलफल गर्ने भएका छन् ।
सभामुख घिमिरेले आज बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।
बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल हुनेछ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण