आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

संसद्को गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

आइतबार, ०१ असार २०८२, ०७ : ४३
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका सचेतकहरूसँग छलफल गर्दैछन्।
  • छलफलको मुख्य उद्देश्य संसदको अवरोध अन्त्य र बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका बनाउनु हो।
  • रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।

काठमाडौँ ।  प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग आज छलफल गर्ने भएका छन् । 

सभामुख घिमिरेले आज बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल हुनेछ । 

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप