जबरजस्ती करणी मुद्दामा इन्जिनियर पोखरेललाई सफाइ
सारांश
- जिल्ला अदालत काठमाडौँले मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई बलात्कार मुद्दामा सफाइ दिएको छ।
- अदालतले बलात्कारको अभियोग दाबी नपुग्ने ठहर गर्दै यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ।
- पीडित युवतीले माथिल्लो अदालतमा जाने बताएकी छिन्, उनले आफूमाथि बलात्कार भएको दाबी गरेकी छन्।
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोग लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई जिल्ला अदालत काठमाडौँले सफाइ दिएको छ । न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको हो ।
यद्यपि, पोखरेल यौन दुर्व्यवहारमा भने दोषी ठहर भएका छन् । पीडितले दाबी गरेको बलात्कार कसुरमा दाबी नपुग्ने ठहर गर्दै अदालतले यौन दुर्व्यवहारमा परिणत हुने आदेश गरेको हो । सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने पीडित युवती २६ परिसर (४) ले काममा गएको बेला पटक–पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
२०८० असोज ६ गते अदालतमा मुद्दा दर्ता भएपछि १३ गते पोखरेल पक्राउ परेका थिए । सोही वर्ष कात्तिक २० गते न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले पोखरेललाई धरौटीमा छाडेको थियो । त्यसयता पेसी तोकिए पनि पटक–पटक स्थगित र हेर्न नभ्याइने हुँदै आएको उक्त मुद्दाको ४४ औँ पटकको पेसीमा शुक्रबार अदालतले बलात्कार मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो ।
उक्त फैसलापछि पीडितले आफू माथिल्लो अदालतमा जाने बताएकी छन् । उनले आफूमाथि बलात्कार प्रयास भएको नभई बलात्कार भएको दाबी गरेकी छन् । शारीरिक प्रमाण (चोट वा मेडिकल) रिपोर्ट नभए पीडितको बयानलाई महत्त्व दिनुपर्नेमा आफ्नो बयान र अनुभवलाई अदालतले कमजोर ठहराएको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण