‘किन लाग्छ माया’ निर्माण हुने, धिरेनदेखि मिस पविसम्म पर्दामा
सारांश
- एसएण्डएस प्रोडक्सनको ब्यानरमा फिल्म 'किन लाग्छ माया' बन्ने भएको छ, जसको छायाङ्कन असारको पहिलो साताबाट सुरु हुनेछ।
- फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, मेघ सुवेदी लगायतका कलाकारहरुको अभिनय रहनेछ, र यसको छायाङ्कन काठमाडौं, पोखरा लगायतका स्थानमा हुनेछ।
- यो फिल्म दाजुभाइको सम्बन्ध, जिम्मेवारी र त्यागको कथामा आधारित हुनेछ, जसको निर्देशन कुबेर तामाङले गर्नेछन्।
काठमाडौँ । एसएण्डएस प्रोडक्सनको ब्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशन रहने फिल्मको छायाङ्कन असारको पहिलो साताबाट सुरु हुने बताइएको छ ।
फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पविको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाङ्कन, पुष्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
यसैगरी फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्ने निर्माण पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण