संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?

समाचार सारांश
- माधवकुमार नेपाल र रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन्। नेपाल जग्गा प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका हुन्।
- रवि लामिछाने सहकारी ठगी आरोपमा रुपन्देही कारागारमा थुनामा छन्, उनी सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका छन् र निलम्बनमा छन्।
- निलम्बनमा रहे पनि नेपाल र लामिछाने आ-आफ्ना पार्टीको अध्यक्ष र संसदीय दलको नेता कायमै छन्, जसलाई लिएर प्रश्न उठेको छ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्यबाट माधवकुमार नेपाल र रवि लामिछाने निलम्बनमा परेका छन् । नेपाल शुक्रबार पतञ्जलिको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि संसद्बाट निलम्बनमा परेका छन् । उनीविरुद्ध मुद्दा दायर भएकाले निलम्बनमा परेको जानकारी सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा सूचना पढेर सुनाएका थिए ।
लामिछाने विभिन्न सहकारीबाट गैरकानुनीरूपमा पैसा चलाएको आरोपमा अहिले रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन भइरहेको जानकारी प्रहरीले संघीय संसद् सचिवालयलाई गराएपछि गत पुस ८ गतेदेखि सभामुख देवराज घिमिरेले निलम्बनमा राखेका थिए ।
नेपाल र लामिछाने सांसद पदबाट निलम्बनमा रहे पनि पार्टी अध्यक्ष र संसदीय दलको नेता कायम छन् । नेपाल नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष र संसदीय दलको नेता कायम छन् । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संसदीय दलको नेता कायम छन् ।
लामिछाने पार्टी सभापति भएको विषयमा आज प्रतिनिधिसभा बैठकमा कुरा उठेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेको हो भन्दै प्रश्न गरे ।
‘पाँच/पाँच वटा अदालतमा सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ?,’ घिमिरेले भने । प्रतिनिधि सभा सदस्य पदबाट निलम्बनमा रहेका व्यक्ति रास्वपा संसदीय दलको नेता कसरी रहिरहन सक्यो भन्ने पनि प्रश्न पनि घिमिरेले गरे ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा पार्टी सभापति र संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टीमा छलफल नभएको बताउँछन् ।
एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बेठिक र नियतवश भ्रष्टाचार मुद्दा दायर गरिएकोले अध्यक्ष र दलको नेताबाट हटाउनेबित्तिकै दुस्मनहरूको मनोबल थप बढ्ने भएकाले नहटाइएको बताए । ‘हाम्रो अध्यक्ष तथा संसदीय दलको नेता माधवकुमार नेपालमाथि बेठिक र नियतवश भ्रष्टाचार मुद्दा दायर गरिएको हो । त्यसैले हामी दलको नेता र पार्टी अध्यक्ष दुवैबाट हटाउँदैनौ । अध्यक्ष र दलको नेताबाट हटाउनेबित्तिकै दुस्मनहरूको मनोबल थप बढ्छ,’ प्रमुख सचेतक चौधरीले रातोपाटीसँग भने ।
नैतिकताको विषय अरूको हकमा मात्रै सबैले उठाउने तर आफ्नो हकमा कसैले पनि लागू नगर्ने गरेको उनले बताए । ‘यो नैतिकताको कुरा भन्ने जे भाष्य निर्माण गरिएको छ त्यो अरूको हकमा मात्र लागु हुनुपर्छ भन्ने मान्यता सवैमा देखिएको छ । आफ्नो हकमा सबैले नैतिकता बिर्सने गरेका कयौँ उदाहरण छन्,’ चौधरीले भने ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा पार्टी सभापति र संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टीमा छलफल नभएको बताउँछन् । ‘पार्टी सभापति र संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टीमा छलफल भएको छैन,’ कार्यवाहक प्रवक्ता झाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?